सरकारको शैलीले राजतन्त्रवादी हौसिएका हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोषका कारण राजतन्त्रवादी हौसिएको बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा समय लिएर सम्बोधन गर्दै उनले सरकारको विश्वास सकिएको देखेर पुरानतवादी राजतन्त्रवादी हौसिएको बताएका हुन्।
‘वर्र्षाैंसम्म बन्द कोठामा समेत राजतन्त्र पुरर्स्पनाको सपना देख्न डराएकाहरु आज सडकबाटै पुनर्स्थापनाको चुनौति दिन थालेका छन्,’ उनले भने, ‘पछिल्ला आठ महिनामा सत्तामा रहेका दलहरुले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मूल कारण हो भन्न अब कठिनाइ छैन।’
नेपालको शान्ति प्रक्रिया मात्र नभएर गणतन्त्रको इतिहास पनि मौलिक र उदार भएको दाबी गर्दै उनले राजतन्त्रवादीहरुलाई पनि लोकतन्त्रमै आफ्नो स्थान खोज्न आग्रह गरे।
फागुन २७, २०८१ मंगलबार १४:०५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।