‘हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् भन्छौँ, उहाँहरू बालेनको कर्मचारी खोस्यौँ त भन्नुहुन्छ’

‘हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् भन्छौँ, उहाँहरू बालेनको कर्मचारी खोस्यौँ त भन्नुहुन्छ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले सरकार गठन भएको २३९ दिनसम्म पनि आशा जगाउने केही काम हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद झाले व्यंग्यात्मक शैलीमा सरकारको कामको आलोचना गरे।

उनले भने, ‘हामी जनतालाई माया गर्नुस् भन्छौँ उहाँका कार्यकर्ताले रंगशालामा जनतालाई कुट्छन्, जनतालाई आशा जगाइदिनुस् भन्छौँ उहाँहरू कुलमानलाई लखेट्नुहुन्छ।’

‘हामी सहकारी पीडितलाई न्याय देउ भन्छौँ, रविलाई थुन्यौँ त भन्नुहुन्छ,’ उनले भने, ‘हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् भन्छौँ, बालेनको कर्मचारी खोस्यौँ त भन्नुहुन्छ।’

उनले अगाडि भने, ‘हामी सुशासन खोइ भनेर सोध्छौँ, उहाँहरू हाम्रो कार्यकर्ताले प्रहरीले कार्यकर्ताले प्रहरी त कुट्दै छ त भन्नुहुन्छ। हामी विश्वविद्यालयलाई दलीयकरण नगरौं भन्छौँ उहाँका कार्यकर्ताले फर्निचर तोडफोड गर्यौँ भन्नुहुन्छ।’

फागुन २७, २०८१ मंगलबार १३:५०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।