आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सांसद केसीको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन नगर्नु निन्दनीय भएको बताए।
उनले भने, ‘राज्यले वचन दिएपछि इमान्दार हुनुपर्छ। सम्झौता अनादर गर्नु उचित होइन, सरकारले तत्काल शिक्षकहरूसँग वार्ता गरोस्।’
विद्यालयमा भएका १८ थरी शिक्षकहरूलाई एकीकृत गरी सरकारले शिक्षकहरूको माग तत्काल सम्बोधन गर्नुपर्नेमा समेत उनले जोड दिए।
शिक्षक महासंघले आफूसँग पटक-पटक गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनको घोषणा गरेका छन्। जस अन्तर्गत चैत २० गतेबाट काठमाडौंकेन्द्रीत आन्दोलन हुनेछ।
फागुन २७, २०८१ मंगलबार १३:२२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।