गैँडाकोटमा भेस्पाको पहिलो शोरूम उद्घाटन

गैँडाकोट : पूर्वी नवलपरासीको गैँडाकोटमा पहिलोपटक भेस्पा र अप्रिलिया स्कुटरको शोरूम उद्घाटन भएको छ।
नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले सोमबारदेखि गण्डकी प्रदेश नवलपुर जिल्लाको गैँडाकोट वडा नं ५ जनक क्याम्पस गेटअगाडि रूबी ब्रदर्स मल्टीपर्पोज प्रालिमार्फत भेस्पा र अप्रिलियाको नयाँ शोरूम सञ्चालनमा ल्याएको हो।
उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन र उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष दीपक सापकोटाले संयुक्तरुपमा नयाँ शोरूमको उद्घाटन गरेका हुन्।
रूबी ब्रदर्स मल्टीपर्पोजको यस डिलरबाट ग्राहकले विश्वस्तरीय भेस्पा र अप्रिलिया स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस् साथै एक्सचेन्ज तथा अन स्टप फाइनान्सिङको सुविधासमेत प्राप्त गर्ने प्रबन्ध निर्देशक रुपक पौडेलले बताए।
उद्घाटनको अवसरमा फागुन तथा चैत्र महिनाभरी गैँडाकोटमा शोरूम ओपेनिङ अफर सञ्चालन गरेको छ। सो अफरअन्तर्गत ग्राहक एवम् उपभोक्ताहरुले भेस्पा र अप्रिलिया स्कुटर बुक र खरिद गर्ने ग्राहकहरुले १० हजार क्यास डिस्काउन्ट प्राप्त गर्नेछन्।
साथै, एक्सचेन्ज गर्ने ग्राहकहरुले आफ्नो पुरानो टु ह्वीलरको उत्कृष्ट एक्सचेन्ज भ्यालुसँगै थप दस हजार रूपैयाँ अतिरिक्त भ्यालुएसन पाउन सक्नेछन्।
फागुन २७, २०८१ मंगलबार ११:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।