प्रधानमत्री कप : गण्डकीविरुद्ध ९१ रनमा समेटियो कर्णाली

प्रधानमत्री कप : गण्डकीविरुद्ध ९१ रनमा समेटियो कर्णाली

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा कर्णाली प्रदेश ९१ रनमा समेटिएको छ।

दाङको देउखुरीमा गण्डकी प्रदेशविरुद्ध टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णाली २७.२ ओभरमा सबै विकेट गुमाएर ९२ रनमा समेटिएको हो।

उसका लागि विपिन शाहीले सर्वाधिक २० रन बनाउँदा अर्जुन घर्ती १७,  विपिन रावल १५,  हिमांशु शाही १२ रनमा समेटिए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन।

गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले समान दुई-दुई विकेट लिँदा सन्दीप पराजुली र अमृत गुरुङले एक-एक विकेट लिए।

गण्डकी प्रदेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

फागुन २७, २०८१ मंगलबार ११:०५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।