सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार (आज) सुनचाँदीको मूल्य घटेको छ।
सोमबारको तुलनामा आज सुन तोलामा पाँच सय रुपैयाँ घट्दा चाँदी १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ७० हजार चार सय रुपैयाँ थियो।
त्यसैगरी आज चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार हुँदा हिजो एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
फागुन २७, २०८१ मंगलबार १०:४३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।