‘लाज शरणम्’ हेरेपछि बालेनले गरे धुर्मुसको तारिफ, भने- ‘यस्तो डिटेल दिनुभाछ नि! लास्टै दामी’

‘लाज शरणम्’ हेरेपछि बालेनले गरे धुर्मुसको तारिफ, भने- ‘यस्तो डिटेल दिनुभाछ नि! लास्टै दामी’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘लाज शरणम्’ चलचित्र हेरेपछि कलाकार सीताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन्।

सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्म हेरेपछि बालेनले सीतारामको प्रशंसा गरेका हुन्।

‘यस्तो डिटेल दिनुभाछ नि! कस्तो डिटेल दिएको हो? लास्टै दामी। लास्टै मजा आयो,’ उनले भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ। हेरिरहँदा एकदमै मज्जा आयो।’

चलचित्रमा समावेश ‘म नेपाल हाँसेको’ बोलको गीतमा बालेनको स्वर छ।

कुमार कट्टेलको निर्देशनमा बनेको फिल्ममा सीतरामसहित महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल लगायत कलाकारकाे मुख्य भूमिका छ।

फागुन २७, २०८१ मंगलबार १०:०३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।