सामाजिक सञ्जाल एक्समाथि ठूलो साइबर आक्रमण भएको मस्कको दाबी

सामाजिक सञ्जाल एक्समाथि ठूलो साइबर आक्रमण भएको मस्कको दाबी

एजेन्सी : सामाजिक सञ्जाल प्लेटफर्म एक्समाथि साइबर आक्रमण भएको छ।

सोमबार एक्समाथि ‘ठूलो साइबर आक्रमण’ भएको अर्बपति व्यवसायी एवं एक्सका मालिक एलन मस्कले दाबी गरेका छन्।

अमेरिका र बेलायत लगायत विश्वका धेरै भागहरूमा सेवा अवरुद्ध भएको गुनासो आएपछि मस्कले यस्तो बताएका हुन्।

मस्कले भविष्यमा पनि आक्रमण जारी रहन सक्ने समेत आँकलन गरेका छन्।

‘हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोतसाधन प्रयोग गरेर गरिएको थियो’, मस्कले एक्समा एक पोस्ट गर्दै लेखे, ‘यसमा ठूलो समूह वा देश संलग्न छ।’

डाउनडिटेक्टरले सोमबार प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याहरूको बारेमा अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौं गुनासोहरू प्राप्त भएको बताएपछि मस्कको यो बयान आएको हो।

सोमबारको आउटेजको समयमा, धेरै प्रयोगकर्ताहरूले प्लेटफर्म पहुँच गर्ने र यसको एप र डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा लोडिङ आइकन देखिरहेका थिए।

फागुन २७, २०८१ मंगलबार ०८:५८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।