पीएम कपमा आज मधेश र कोशी तथा कर्णाली र गण्डकी भिड्दै

पीएम कपमा आज मधेश र कोशी तथा कर्णाली र गण्डकी भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

भैरहवास्थित सिद्धार्थ रंगशालामा मधेश प्रदेश र कोशी प्रदेश भिड्दा दाङको लमही क्रिकेट मैदानमा कर्णाली प्रदेश र गण्डकी प्रदेश भिड्दैछन्। दुवै खेल विहान नौ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा मधेशको यो पहिलो खेल हो भने कोशी पहिलो खेलमा लुम्बिनीसँग २६ रनले पराजित भएको थियो।

यस्तै कर्णाली र गण्डकीको भने यो दोस्रो खेलहरु हुन्। कर्णालीले आफ्नो पहिलो खेलमा सुदूरपश्चिमलाई ७९ रनले पराजित गर्दा गण्डकी भने सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो।

यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १३४ रनले पराजित गर्दा नेपाल पुलिस क्लबले लुम्बिनीलाई ८७ रनले हरायो।

हिजै भएको अर्को खेलमा गण्डकी प्रदेश सुदूरपश्चिमसँग ६ विकेटले पराजित भयो। 

फागुन २७, २०८१ मंगलबार ०८:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।