राजतन्त्र फर्कने सम्भावना छैन : अध्यक्ष बिजुक्छें

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कुनै पनि हालतमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन्।
वासु मावि कालीघाट व्यासी भक्तपुरको आज आजोजित ६३औं वार्षिकोत्सव पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा उहाँले राजतन्त्र फर्कने सम्भावना नरहेको उल्लेख गरे।
अध्यक्ष बिजुक्छेँले भने, ‘प्रजातन्त्रप्राप्तपछि राजनीतिक दलले जनताको मन जित्ने गरी काम गर्न नसक्दा निराशा छाएको छ। तर त्यसको अर्थ अब राजा चाहिन्छ भन्ने होइन, जसरी सानो छँदाको कपडा ठूलो भएपछि काम लाग्दैन, त्यसरी नै गइसकेको राजतन्त्र कुनै हालतमा फर्कदैन र फर्किन दिनुपनि हुन्न।’
प्रजातन्त्र पुनःस्थापनापछि बनेका सरकारहरुले अपेक्षाअनुसारको काम गर्न नसकेको उनको भनाइ थियो। पर्गीय रूपमा राजाहरू गरिब वर्गको नभई सामन्त वर्गमै हित गर्ने भएको उनले बताए।
अध्यक्ष बिजुक्छेंले राजनीतिक दलका नेताहरु आफ्ना कमजोरीका कारण जनता राजाका पक्षमा फर्केलान भन्ने त्रासमा रहेको उल्लेख गरे।
फागुन २७, २०८१ मंगलबार ०७:४७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।