सम्हालिएन सेयर बजार, नेप्से २८ तल ओर्लियो

काठमाडौँ : निरन्तर ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ सय तल पुगेको छ। पछिल्लो छ दिनदेखि लगातार ओरालो लागेको बजार सोमबार पनि सम्हालिएन। सोमबार २० दशमलव ६८ अङ्कले बजार घटेर नेप्से परिसूचक दुई हजार ७ सय ५१ दशमलव ४२ विन्दुमा अड्कियो।
सोमबार ३ सय ११ कम्पनीको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८७ हजार १५६ पटक खरिदबिक्री हुँदा कारोबार रकम ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार पुग्यो।
सोमबारको कारोबारमा अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढ्दा अरू सबै समूहको उपसूचक घट्यो। सबैभन्दा धेरै ‘म्युचुअल फन्ड’ तीन दशमलव ०६, व्यापार एक दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव १५, जलविद्युत् एक दशमलव १६ र लगानी एक दशमलव ५१ प्रतिशतले घट्यो।
बैङ्किङ शून्य दशमलव ४४, विकास बैङ्क शून्य दशमलव ७३, वित्त शून्य दशमलव ७०, होटेल तथा पर्यटन शून्य दशमलव ९९, जीवन बिमा शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बिमा समूह शून्य दशमलव ६८ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल ‘रिइन्स्योरेन्स कम्पनी लिमिटेड’को ७३ करोड ५० लाख ९० हजार बराबरको कारोबार भयो। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ‘घलेम्दी हाइड्रो लिमिटेड’को ११ लाख ६३ हजार आठ सय ५५ कित्ता शेयर किनबेच भयो।
फागुन २६, २०८१ सोमबार १९:१७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।