राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ।
सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन्।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो।
फागुन २६, २०८१ सोमबार १४:०६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।