मेरो बोल्ने समय निकै नजिक आउँदैछ : रवि लामिछाने

मेरो बोल्ने समय निकै नजिक आउँदैछ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोल्ने समय निकै नजिक आएको बताएका छन्।

लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

‘मेरो बोल्ने समय निकै नजिक आउँदैछ। म बोल्ने नै मान्छे हुँ। प्रतिक्षा गर्नुहोला। छोटो प्रतिक्षापछि विशेष सम्बोधनसहित आउँदैछु’, लामिछानेले भने।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो।

सो आदेशप्रति चित्त नबुझी बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले आज उच्च अदालतमा निवेदन दर्ता गराएका छन्।

फागुन २६, २०८१ सोमबार १३:४८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।