सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, कति पर्छ मूल्य?

काठमाडौं : सामसङ नेपालले बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ।
बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जासञ्चय, र स्टाइलिस डिजाइनका साथ गर्मीमा सामानहरूलाई बिग्रन नदिने कम्पनीको दाबी छ।
एआई एनेर्जी मोड, कन्भर्टएबल ५-इन-१ मोड, र ट्वीन कुलिंग प्लस जस्ता एडभान्स फिचरहरू रेफ्रिजेरेटरमा स्मार्ट एल्गोरिदमको प्रयोग भई ऊर्जा खपतलाई अनुकूल बनाउने बताइएको छ।
नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन् गरी आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू भएको यो रेफ्रिजेरेटरले ऊर्जा बचत र अधिकतम उपयोगिता सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
ट्वीन कुलिंग प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग-अलग कुलिङ सिस्टम प्रयोग गर्छ। यसले ७० प्रतिशतसम्म आद्र्रता कायम राख्न मद्दत गर्ने भएकाले गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहनेछ।
स्मार्टठिंगस् एपमार्फत रेफ्रिजेरेटरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ। ऊर्जा खपत ट्र्याक गर्ने, तापक्रम मिलाउने वा रियल-टाइम नोटिफिकेसन प्राप्त गर्ने सबै कार्यहरू तपाईँको स्मार्टफोनबाट सहजै गर्न सकिन्छ, जसले घरको व्यवस्थापनलाई अझ स्मार्ट बनाउँछ।
बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन्। यसको मूल्य एक लाख १२ हजार नौ सय ९० रुपैयाँबाट सुरु हुन्छ भने अहिले रहेको विशेष छुट अफरमा एक लाख एक हजार रुपैयाँमा खरिद गर्न सकिन्छ।
सामसङको नयाँ रेफ्रिजरेटरहरूको खरिद गर्न अझ सजिलो पर्न, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित इन्स्टा फाइनान्सको साथ फ्रिजको खरिद गर्दा, डाउन पेमेन्ट पछि शून्य प्रतिशत ब्याज ईएमआई सुविधा पनि प्राप्त सकिनेछ।
फागुन २६, २०८१ सोमबार ११:४३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।