पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्बिरलाई लिएर ज्ञानेन्द्र शाही र प्रधानमन्त्रीका सल्लाहकारबीच सवाल-जवाफ

पूर्वराजाको  स्वागतमा योगी आदित्यनाथको तस्बिरलाई लिएर ज्ञानेन्द्र शाही र प्रधानमन्त्रीका सल्लाहकारबीच सवाल-जवाफ

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा त्रिभुवन विमानस्थल अगाडिको भीडमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता र प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालबीच बहस भएको छ।

राप्रपाका प्रवक्ता त्रिभुवन विमास्थल आगडिको भीडमा देखिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रधानमन्त्रीका सल्लाहकार रिमालले राख्न लगाएको आरोपपछि दुईबीच सामाजिक सञ्जालमै सवाल-जवाफ भएको हो।

सोमबार विहान शाहीले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि यस्तो कुकर्म गरेको आरोप लगाए। विदेशीको एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको आरोप लगाउँदै माक्स, लेलिन र माओ कुन देशमा हुन् भन्दै प्रश्न गरे।

त्यसको जवाफमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले शाहीलाई झुटको सहारामा झुक्किएर मर्यादित स्थानमा पुगेको संज्ञा दिँदै द्विविधामा भ्रमको खेती गरेको अरोप समेत लगाए।

शाहीलाई नालायक भन्दै रिमालले आफूलाई यस्ता नालायकहरूसँग सवाल जवाफ गर्नु नभएको टिप्पणी गरे।

फागुन २६, २०८१ सोमबार ११:०६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।