सुनको मूल्य बढ्यो चाँदीको स्थिर

काठमाडौं : साताको दोस्रो दिन सोमबार (आज) सुनको मूल्य बढ्दा चाँदीको स्थिर छ।
आइतबारको तुलनामा सोमबार सुन तोलाको एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ७० हजार चार सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ थियो।
त्यसैगरी आज चाँदीको मूल्य एक हजार नौ सय ८५ रुपैयाँ कायम रहेको छ। हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।
फागुन २६, २०८१ सोमबार १०:५०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।