भारतले च्याम्पियसन्ट ट्रफी जितेपछि रोहित शर्मालाई ‘अनफिट’ भनेकी कंग्रेस प्रवक्ताले के भनिन्?

एजेन्सी : भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मालाई ‘अनफिट’ भनेर चर्चामा आएकी भारतीय कंग्रेस पार्टीकी राष्ट्रिय प्रवक्ता शमा मोहम्मदले आईसीसी च्याम्पियन्स ट्रफी जितेकोमा टोलीलाई बधाई दिएकी छन्।
आइतबार भारतले न्युजिल्यान्डलाई पराजित गर्दै च्याम्पियन्स ट्रफी जितेपछि कंग्रेस पार्टीकी राष्ट्रिय प्रवक्ता शमाले बधाई दिएर कप्तान रोहित शर्माको प्रशंसा गरिन्।
‘च्याम्पियन्स ट्रफी जित्नमा उत्कृष्ट प्रदर्शन गरेकोमा टीम इन्डियालाई बधाई छ,’ उनले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट लेखेकी छन्, ‘कप्तान रोहितलाई सलाम, जसले ७६ रनको शानदार इनिङ खेलेर जितको जग बसाले। श्रेयस अय्यर र केएल राहुलले महत्त्वपूर्ण इनिङ खेले र भारतलाई जिततर्फ डोऱ्याए।’
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मामाथि टिप्पणी गरेपछि शमा मोहम्मद चर्चामा छिन्। मार्च ३ मा शमा मोहम्मदले कप्तान शर्मालाई ‘अनफिट’ भनेकी थिइन्। साथै उनले शर्मालाई तौल घटाउन सुझाव दिएकी थिइन्।
फागुन २६, २०८१ सोमबार १०:१५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।