च्याम्पियन्स ट्रफी जितेपछि सन्यासको बारेमा बोले रोहित शर्मा

एजेन्सी : च्याम्पियन्स ट्रफी जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफ्नो सन्यासको बारेमा बताएका छन्।
आइतबारको खेलपछि पत्रकार सम्मेलनमा रोहितले एकदिवसीय क्रिकेटबाट सन्यासको बारेमा बोलेका हुन्।
च्याम्पियन्स ट्रफी जितेपछि शर्माले सन्यास लिने चर्चाका बीच उनले आफू अहिले नै सन्यास लिने अवस्थामा नरहेको स्पष्टा पारेका छन्।
रोहितले भने, ‘म यो फर्म्याटबाट सन्यास लिने छैन। म यो कुरा स्पष्ट पार्न चाहन्छु ताकि थप हल्ला नफैलियोस्।’
अष्ट्रेलिया भ्रमणदेखि नै रोहितको टोलीमा भविष्य र कप्तानको पदको बारेमा अड्कलबाजी चलिरहेको थियो।
रोहितले च्याम्पियन्स ट्रफीको फाइनल खेलमा न्युजिल्याण्ड विरुद्ध ७६ रनको इनिङ खेलेका थिए।
फागुन २६, २०८१ सोमबार ०९:००:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।