वुमन्स डे टी२० क्रिकेटमा नेपालले आज हङहङसँग भिड्ने

वुमन्स डे टी२० क्रिकेटमा नेपालले आज हङहङसँग भिड्ने

काठमाडौं : युगान्डामा जारी वुमन्स डे कप टी२० सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरू हुनेछ।

हिजो भएको खेलमा नेपालले एक विकेटले पराजित गरेको थियो। युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर पाँच बलमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। 

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यसअघि शनिबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो।

चार देश सम्मिलित प्रतियोगिता डबल राउन्ड रोबिनमा हुनेछ। शीर्ष २ टोली फाइनलका लागि भिड्ने छन्। 

नेपालले यस प्रतियोगितालाई सन् २०२६ मा हुने महिला टी–२० विश्वकप क्रिकेट छनोटको तयारीका रूपमा लिएको छ। विश्वकपको एसिया क्षेत्र छनोट आगामी मे मा हुनेछ।

फागुन २६, २०८१ सोमबार ०८:०६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।