प्रधानमन्त्री कपमा आज तीन खेल हुँदै

काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदैछन्।
आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्ने छन्। यो खेल भैरहवास्थित सिद्धार्थ रंगशालामा बिहान ९ बजे हुनेछ।
बागमतीले आफ्नो पहिलो खेलमा लुम्बिनीसँग हार बेहोरेको छ भने आर्मीको यो पहिलो खेल हो।
त्यस्तै अर्को खेल लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबीच तिल्लोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सोही समयमा सुरु हुने तालिका रहेको छ।
लुम्बिनी प्रदेशले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो भने नेपाल पुलिस क्लबको यो पहिलो खेल हो।
त्यसैगरी आज हुने तेस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। यो खेल दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा हुनेछ।
सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको थियो भने गण्डकीले आज पहिलो खेल खेल्दैछ।
हिजाे भएको खेल कोशीविरुद्ध लुम्बिनी, बागमतीविरुद्ध एपीएफ र सुदूरपश्चिमविरुद्ध कर्णालीले जितेको थियो।
फागुन २६, २०८१ सोमबार ०७:५२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।