पूर्व राजाको स्वागतमा गएकाले फोहोर गरेको भन्दै महानगरले गर्यो एक लाख जरिवाना

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउनेक्रममा स्वागत गर्न पुगेकाहरूले सडकको बिरुवा र रेलिङमा क्षति पूर्याएर फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले एक लाख जरिवाना गरेको छ। महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना गरेको हो।
राप्रपाको नाममा महानगरले आइतबार काटेको पत्रमा एयरपोर्ट, तिलगंगा, गौशाला क्षेत्रमा जथाभाबी फोहोर गरेको, बोट बिरुवा र रेलिङमा क्षति पूर्याएको उल्लेख छ।
फागुन २५, २०८१ आइतबार २१:०८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।