प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेश २०८ रनमा अलआउट, दिपेश र प्रकाशले लिए तीन-तीन विकेट

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशविरुद्ध लुम्बिनी प्रदेश २०८ रनमा समेटिएको छ।
सिद्धार्थनगरको रंगशालामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेका लुम्बिनीले ४८ ओभरमा सबै विकेट गुमाएर २०८ रनमा समेटिएको हो।
उसका लागि आकाश त्रिपाठीले ६६ रनको अर्धशतकीय पारी खेल्दा नर सार्कीले ४५ रन बनाए। त्यसबाहेक मृनाल गुरुङले ४३ र मनिष थापाले १६ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कोशीका दिपेश कँडेल र प्रकाश कार्कीको समान तीन-तीन विकेट लिँदा फिरदोस अन्सारीले दुई र विपिन महतो तथा अंकित सुवेदीले एक-एक विकेट लिए।
कोशीले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।
आजबाट सुरु भएको प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको कप्तानी देव खनालले सम्हाल्दै गर्दा कोशीको नेतृत्व अंकित सुवेदीले गरेका छन्।
फागुन २५, २०८१ आइतबार १३:०७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।