पूर्वराजा आउने भएपछि विमानस्थलको गोल्डेन गेटबाटै यात्रु र स्टाफ बाहेकलाई प्रवेश निषेध

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउने भएपछि आइतबार बिहानैदेखि विमानस्थल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ।
खराबाट जहाजमा काठमाडौं आउने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा राजावादी समूहले विमानस्थलमै पुगरे पूर्वराजाको स्वागत गर्ने तयारी गरेका छन्।
जसका लागि बिहानैदेखि विमानस्थल परिसरमा सुरक्षा व्यवस्थापन कडाई गरिएको छ।
अहिले विमानस्थलको गोल्डेट गेटबाट हवाइ टिकट भएका यात्रु र स्टाफ बाहेक अन्यलाई छिर्न दिइएको छैन। प्रहरीले टिकट र परिचयपत्र जाँच गरेर मात्र उनीहरूलाई प्रवेश गराइरहेको छ।
यसका साथै विमानस्थलमा आसपासमा भीड बढेसँगै ट्राफिक प्रहरीले डाइभर्सनको तयारीमा समेत लागेको छ।
राजावादीहरूले ज्ञानेन्द्रलाई विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्याउनेछन्।
फागुन २५, २०८१ आइतबार १२:५४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।