सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ।

शुक्रबारको तुलनामा आज सुन एक सय रुपैयाँले बढ्दा चाँदी पाँच रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँ थियो।

त्यसैगरी चाँदी आज तोलाको एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार हुँदा शुक्रबार एक हजार नौ सय ८० रुपैयाँ थियो।

फागुन २५, २०८१ आइतबार ११:३७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।