भारत-पाकिस्तान सीमा क्षेत्रको यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको सल्लाह

भारत-पाकिस्तान सीमा क्षेत्रको यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको सल्लाह

एजेन्सी : अमेरिकाले आफ्ना नागरिकहरूका लागि भारत-पाकिस्तान सीमा क्षेत्रको यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरेको छ।

ट्राभल एडभाइजरीमा पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा पनि निषेध गरिएको छ। यी क्षेत्रहरूमा भइरहेको आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावनाका कारण एडभाइजरी जारी गरिएको हो।

एडभाइजरीमा भनिएको छ, ‘पाकिस्तानमा हिंस्रक अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणहरू भइरहेका छन्।’

अतिवादीहरूले गरेको आतंकवाद र हिंसाले स्थानीय सैन्य र प्रहरी अड्डाहरूमा पनि आक्रमण भएको भन्दै त्यस क्षेत्रमा नजान आग्रह गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

एडभाइजरीमा भनिएको छ, ‘आतंककारीहरूले यातायात केन्द्रहरू, बजारहरू, शपिङ मलहरू, सैन्य प्रतिष्ठानहरू, विमानस्थलहरू, विश्वविद्यालयहरू, पर्यटकीय स्थलहरू, विद्यालयहरू, अस्पतालहरू, धार्मिक स्थलहरू र सरकारी सुविधाहरूलाई चेतावनी बिना नै लक्षित गर्न सक्छन्।’

फागुन २५, २०८१ आइतबार १०:२४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।