प्रधामन्त्री कप क्रिकेट आजदेखि लुम्बिनी प्रदेशमा सुरू

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट लुम्बिनी प्रदेशमा सुरू भएको छ।
खेल लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा एकै साथ सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन खेलमा तीन खेल हुँदैछन्।
सिद्धार्थ क्रिकेट मैदान भैरहवामा लुम्बिनी प्रदेश र कोशी प्रदेशबीच खेल चलिरहँदा तिलोत्तमाका एक्स्ट्राटेक ओभलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र बागमती प्रदेश भिडिरहेका छन्।
दाङको लमही क्रिकेट मैदामा हुने भनिएको कर्णाली र सुदूरपश्चिमबीचको खेल भने आउटफिल्ड भिजेका कारण टस नै भएको छैन।
नेपाल क्रिकेट संघले पहिलोपटक पूर्ण रुपमा काठमाडौं बाहिर प्रधानमन्त्री कप गरेको हो। यसअघिको संस्करण भने काठमाडौंको त्रिवि क्रिकेट मैदान र मुलपानी त्यसैगरी भैरहवाको सिद्धार्थनगरमा भएको थियो।
फागुन २५, २०८१ आइतबार १०:०३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।