पूर्वराजा काठमाडौं आउँदै गर्दा ‌ओली आज सुदूरपश्चिम जाने

पूर्वराजा काठमाडौं आउँदै गर्दा ‌ओली आज सुदूरपश्चिम जाने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमका जिल्लाहरुको भ्रमण सकेर काठमाडौं आउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने आज सुदूरपश्चिम प्रदेश जाँदैछन्।

ओलीले आज सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन लागेको उनको सचिवालयले जनाएको छ।

हेलिकप्टरमार्फत जान लागेका ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन्।

त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।

त्यसपछि भने धनगढी उपमहानगरपालिका-८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

फागुन २५, २०८१ आइतबार ०९:२८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।