पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौं फर्कँदै, भव्य स्वागतको तयारीमा राजावादीहरू

पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौं फर्कँदै, भव्य स्वागतको तयारीमा राजावादीहरू
फाइल तस्बिर

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्कँदै छन्। उनी दिउँसो साढे तीन बजे त्रिभुवन अन्तर्राष्ट्रियमा अवतरण गर्नेछन्।

ज्ञानेन्द्रको स्वागतका लागि आज राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राजावादी संगठनहरु तयारीका साथ लागेका छन्।

राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने राजावादीहरूको तयारी छ।

यसैबीच राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षाको प्रबन्ध बलियो पारिएको जानकारी दिए।

पोखराबाट फर्किएका ज्ञानेन्द्रलाई राजाले जुलुससहित चक्रपथ हुँदै महाराजगञ्जस्थित निर्मल निवास लैजानेछन्।

फागुन २५, २०८१ आइतबार ०७:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।