दरबारियाको चलखेल बढ्यो भन्दै माओवादीले रोक्यो तराई-मधेस जागरण अभियान, प्रतिवादको तयारी

दरबारियाको चलखेल बढ्यो भन्दै माओवादीले रोक्यो तराई-मधेस जागरण अभियान, प्रतिवादको तयारी

काठमाडौँ : राजावादीहरूको चलखेल बढेको भन्दै माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान स्थगित गरेको छ। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान आइतबारदेखि रोकिएको माओवादी केन्द्रका एक नेताले बताए।

ती नेताका अनुसार व्यवस्थाको नकारात्मक प्रचार गर्दै राजावादीहरू बढी नै सक्रिय भएको निष्कर्षपछि सांसदबाट त्यसको प्रतिकार गर्न अभियान केही दिनका लागि स्थगित गरिएको हो।

पछिल्लो समय राजतन्त्रको पक्षधर राप्रपाले दैनिकजसो कार्यक्रमको आयोजना गरिरहेको छ। पोखरा गएका ज्ञानेन्द्र शाह काठमाडौँमा फर्कँदा विशेष स्वागतको तयारी समेत गरिरहेका छन्।

हालै राप्रपा र दुर्गा प्रसाईँ मिलेर संयुक्त रूपमा काठमाडौँमा मोटरसाइकल र्यालीको आयोजना गरेको थियो।

सार्वजनिक मञ्चहरुबाट दलका नेताहरूले राजालाई गणतन्त्रको विपक्षमा कुनै गतिविधि नगर्न चेतावनी दिँदै आएका छन्।

माओवादीले मधेसमा दलको संगठन बढाउन भन्दै विशेष अभियान सुरु गरेको थियो।

फागुन २४, २०८१ शनिबार २१:००:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।