पाँच कोरियाली महिला बलात्कार गरेको आरोपमा अष्ट्रेलियामा भारतीय नेतालाई ४० वर्षको जेल सजाय

एजेन्सी : अस्ट्रेलियाको एक अदालतले पाँच कोरियाली महिलालाई बलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै एक भारतीय समुदायका नेतालाई ४० वर्षको जेल सजाय सुनाएको छ।
मार्च ७ मा ४३ वर्षीय बालेश धनखरलाई डाउनिंग सेन्टर जिल्ला अदालतले ३० वर्षसम्म प्यारोलको सम्भावनाविना सजाय सुनाएको अष्ट्रेलिया टुडेको रिपोर्टमा उल्लेख छ।
धनखरले नक्कली जागिरको विज्ञापन प्रयोग गरेर महिलाहरूलाई फसाएको फैसलामा उल्लेख थियो। ती महिलाहरू २१ देखि २७ वर्ष उमेरका दक्षिण कोरियाली नागरिक थिए।
उनले महिलाहरूलाई आफ्नो सिड्नी घर आसपास बोलाइ लागूपदार्थ खुवाएर बेहोस बनाएर बलात्कार गरेको अदालतको ठहर छ।
२०२३ मा न्यायाधीशहरूको सुनुवाइपछि, उनलाई १३ वटा बलात्कारसहित ३९ वटा अपराधमा दोषी ठहराइएको थियो।
फागुन २४, २०८१ शनिबार १५:४९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।