युक्रनेमा रुसी आक्रमणमा ११ जनाको मृत्यु, ३० जना घाइते

युक्रनेमा रुसी आक्रमणमा ११ जनाको मृत्यु, ३० जना घाइते

एजेन्सी : युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु छ। ३० जना घाइते भएका छन्।

शुक्रबार राति डोनेट्स्कको डोब्रोपिलियामा भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ।

डोब्रोपिलिया रूसी कब्जामा रहेको डोनेट्स्क शहरको उत्तरपश्चिममा अवस्थित छ।

युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो।

फागुन २४, २०८१ शनिबार १३:४६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।