रुसभन्दा युक्रेनसँग डिल गर्न गाह्रो : ट्रम्प

रुसभन्दा युक्रेनसँग डिल गर्न गाह्रो : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको सन्दर्भमा रुससँग भन्दा युक्रेनसँग ‘डिल गर्न’ गाह्रो भएको बताएका छन्।

रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने बारेमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका ट्रम्पले शुक्रबार यस्तो बताएका हुन्।

‘रूसले युद्ध क्षेत्रमा युक्रेनलाई कडा प्रहार गरिरहेको छ,’ ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘यस तथ्यको आधारमा, म युद्धविराम र अन्तिम शान्ति सम्झौता नभएसम्म रूसमाथि ठूलो बैंकिङ प्रतिबन्ध र कर लगाउने बारेमा गम्भीरतापूर्वक विचार गरिरहेको छु।’

गत हप्ता शुक्रबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीचको ह्वाइट हाउसको ओभल अफिसमा भएको भेटघाट चर्को बहसमा परिणत भएको थियो।

त्यसपछि अमेरिकाले आफ्नो गुप्तचर जानकारी युक्रेनलाई दिएको छैन भने युक्रेन पठाएका हतियार पनि बीच बाटोमै रोकिएका छन्।

फागुन २४, २०८१ शनिबार ११:१९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।