पोखराको न्युरोडमा आगालागी

पोखराको न्युरोडमा आगालागी

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहान आगलागी भएको छ।

बिहान चार बजेदेखि लागेको आगो निभाउन पोखरा महानगरपालिकाको दमकल प्रयोग गरिएको छ। तर अहिलेसम्म आगो भने नियन्त्रणमा आउन सकेको छैन।

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ।

फागुन २४, २०८१ शनिबार ०९:२०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।