अमेरिकामा १५ वर्षपछि गोली हानेर मृत्युदण्ड

एजेन्सी : अमेरिकाको दक्षिण क्यारोलिनाका एक पुरुषलाई मृत्युदण्डको सजाय दिइएको छ।
आफ्नी पूर्व प्रेमिकाका आमाबाबुको हत्या गरेको आरोपमा दोषी ठहरिएपछि ६७ वर्षीय ब्राड सिग्मनलाई मृत्युदण्डको सजाय दिइएको हो।
सिग्मनलाई शुक्रबार फायरिङ स्क्वायडले गोली हानेर मृत्युदण्ड दिइएको हो। पछिल्लो १५ वर्षमा फायरिङ स्क्वायडले कसैलाई मृत्युदण्ड दिएको यो पहिलो पटक हो।
सिग्मन (६७)ले २००१ मा आफ्नी पूर्व प्रेमिकाका आमाबाबुलाई अपहरण गर्नुअघि बेसबलको ब्याटले मारेका थिए। ब्राड सिग्मनले आफूलाई गोली हानी मार्नुपर्ने अनुरोधपछि यसो गरिएको हो।
अमेरिकामा मृत्युदण्डको सजाय पाएको व्यक्तिलाई आफ्नो मृत्यु रोज्न तीन विकल्प दिइन्छ। पहिलो, घातक सुई। दोस्रो, विद्युतीय कुर्सी। तेस्रो, गोलीबारी टोली।
फागुन २४, २०८१ शनिबार ०८:४०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।