ट्रम्पको दबाबपछि अमेरिकी सामानमा कर घटाउन भारत तयार

एजेन्सी : अमेरिकाको दबाबपछि भारत अमेरिकी सामानमा लगाउँदै आएको कर घटाउन तयार भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भारतले अमेरिकी सामानमा लाग्ने कर घटाउन सहमति जनाएको दाबी गरेका छन्।
डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा भनेका छन्, भारतले हामीमाथि धेरै उच्च शुल्क लगाउँछ। तपाईं भारतमा केहि पनि बेच्न सक्नुहुन्न। खैर, तिनीहरू सहमत भएका छन्। तिनीहरू अब आफ्नो शुल्क घटाउन चाहन्छन्।’
डोनाल्ड ट्रम्पले करको बारेमा कुरा गर्दा धेरै पटक भारतको नाम लिएका छन्। उनले हालै अप्रिल २ देखि अमेरिकी सामानहरूमा कर लगाउने देशहरूमा पारस्परिक कर लगाइने बताएका छन्।
उनले भने, ‘सबैभन्दा ठूलो कुरा अप्रिल २ मा हुनेछ जब पारस्परिक शुल्क लागू गरिनेछ, चाहे त्यो भारत होस् वा चीन वा अन्य कुनै देश। भारत धेरै उच्च शुल्क लगाउने देश हो।’
फागुन २४, २०८१ शनिबार ०८:०३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।