म्याग्दी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : शनिबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ।
पछिल्लो समय नेपाल, भारत र पाकिस्तानका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जानेक्रम बढेको छ।
फागुन २४, २०८१ शनिबार ०७:१८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।