अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर ठगी, दुई जना पक्राउ

अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर ठगी, दुई जना पक्राउ

राजविराज : अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर ठगी गरेको आरोपमा सप्तरीमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका-१२ घर भई हाल वडा नं ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले विसं २०८० असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको बताए।

नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैङ्कमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि पक्राउ गरिएको उनले जानकारी दिए।

दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

फागुन २३, २०८१ शुक्रबार १४:२६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।