‘कुलमानलाई शून्य अंक दिएकोमा ऊर्जामन्त्रीलाई धन्यवाद’

‘कुलमानलाई शून्य अंक दिएकोमा ऊर्जामन्त्रीलाई धन्यवाद’

काठमाडौं : माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिएकोमा धन्यवाद दिएकी छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद राईले १८ घण्टाको लोडसेडिङ अन्त्य र घाटाको रहेको प्राधिकरणलाई नाफामा लैजाने घिसिङलाई कार्य सम्पादन मूल्यांकनमा शून्य अंक दिएकोमा ऊर्जामन्त्री दीपक खड्कालाई व्यङ्ग्यात्मक शैलीमा धन्यवाद दिएकी हुन्।

उनले भनिन्, ‘मुलुकभर १८ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य गरी २०७३ सालसम्म ५८ प्रतिशत जनसंख्यामा मात्र विद्युत् वितरण भएकोमा अहिले ९९ प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ अर्ब नाफा कमाएको थियो।’

उनले अगाडि थपिन्, ‘चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ३६ करोड नाफा कमाएको कारण नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मूल्यांकनमा जिरो अंक दिनुभएकोमा माननीय ऊर्जामन्त्रीज्यूलाई विशेष धन्यवाद।’

यसका साथै उनले प्रधामन्त्रीलाई प्रश्न सोधकै आधारमा संसद प्रवेश पास रोक्नु संविधान र लोकतन्त्रको विरुद्धको भएको भन्दै तुरुन्त पास फुकुवा गर्न संसद सचिवालयलाई आग्रह गरिन्।

फागुन २३, २०८१ शुक्रबार १४:१७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।