चन्द्र ढकालको पक्षमा बोल्दै सांसद पौडेलले भने, ‘पाथीभरा केबलकार निर्माण प्रक्रियालाई सहजीकरण गराइयोस्’

चन्द्र ढकालको पक्षमा बोल्दै सांसद पौडेलले भने, ‘पाथीभरा केबलकार निर्माण प्रक्रियालाई सहजीकरण गराइयोस्’

काठमाडौं : माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पाथीभरा केबलकार निर्माण प्रक्रिया सम्बन्धी वार्ता कहाँ पुग्यो भन्दै सरकारसँग प्रश्न गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसद पौडेलले यसबारे प्रश्न उठाउँदै सरकारले गरिरहेको दमनको बाटो गलत भएको बताएका छन्।

उनले वार्ता, सहमति र सम्झौताको विधि अपनाएर मुक्कुमलुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यक्रमलाई सहजीकरण गर्न समेत सरकारलाई अनुरोध गरेका छन्।

सांसद पौडेलले व्यवसायी चन्द्र ढकालको पक्षमा वकालत गर्दै सरकारले गर्न नसकेका कामहरु निजी क्षेत्रको गर्दै आएको विषय स्मरण गराए।

ऊर्जा, पर्यटन र कृषि क्षेत्रमा अझ बढी लगानी आवश्यक भएको भन्दै उनले निजी क्षेत्रलाई राज्यले प्रोत्साहन दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘निकै कमजोर आर्थिक अवस्थाबाट अघि बढिरहेका चन्द्र ढकालजस्ता व्यवसायीहरूलाई प्रोत्साहन गर्न र केबलकार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग माग गर्दछु।’

फागुन २३, २०८१ शुक्रबार १४:००:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।