एउटा पांग्रा नभएको बुद्ध एयरको जहाज अवतरणबारे छानविन गर्न सांसदको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक कुमार सिंहले बुद्ध एयरको जहाज दुर्घटनाको छानविन गर्न माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकको आकिस्मक समयमा सांसद सिंहले एउटा पांग्रामा ल्यान्ड गरेको विषयमा जाँचबुझ आयोग गठन गर्न माग गरेका हुन्।
बिहीबार ४ बजेर ३९ मिनेटमा काठमाडौंका लागि उडेको उक्त जहाज काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गरेको थियो। युफोर ५०६ उडान नम्बरको विमान अवतरण गर्दा अगाडिको एउटा पांग्रा नै थिएन।
उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बताइएको छ। विमानमा ६२ यात्रु थिए। अगाडिका दुईमध्ये एक पाङ्ग्रा नदेखिएपछि सोधखोज गर्दा उक्त पाङ्ग्रा जनकपुरमै छुटेको पछि मात्र थाहा भएको थियो।
यसका अलावामा सांसद छिरिङ ल्याहु लामा तामाङले पनि जनकपुरबाट काठमाडौं आएको बुद्ध एयरको विमानसहित हवाई क्षेत्र अस्तव्यस्त भएको भन्दै व्यापक सुधारको आवश्यकता औंल्याइन्।
फागुन २३, २०८१ शुक्रबार १३:२५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।