नेपालमा एमजीको एसयुभी एस ५ सार्वजनिक, कति पर्छ मूल्य?

नेपालमा एमजीको एसयुभी एस ५ सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं : एमजीले क्रसओभर एसयुभी एस ५ नेपालमा सार्वजनिक गरेको छ।

आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी बजारमा ल्याएको हो।

एमजी नेपालमा चीनमा उत्पादन भएर आउँछ। नेपालमा २०१९ मा सार्वजनिक भएको एमजी जेटएस ईभी २५०० बिक्री भएको छ।

९९ किलोवाट मोटर रहेको छ। २ वटा ब्याट्री अप्सनमा रहेको छ। ४९ किलोवाट आवरले ३४० र ६२ किलोवाट आवरको ब्याट्री ४३० किमी रहेको छ।

एमजीले विश्वकै पातलो ब्याट्री प्रयोगमा ल्याएको दाबी गरेको छ। गाडीमा ४ वटै ह्विलमा इन्डिपेन्डेन्ट सस्पेन्स रहेको छ।

एमजी एस ५ को शुरूवाती मूल्य ४३ लाख ९९ रूपैयाँ रहेको छ। ६२.२ किलोवाट ब्याट्रीको मूल्य ५४ लाख ९९ हजार रहेको छ।

फागुन २३, २०८१ शुक्रबार १२:५७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।