कृषि विकास बैंकको मोबाइल बैंकिङमा नयाँ सुविधा

कृषि विकास बैंकको मोबाइल बैंकिङमा नयाँ सुविधा

काठमाडौं : कृषि विकास बैंकको मोबाइल बैंकिङमा रकम भुक्तानीका लागि नयाँ सुविधा ल्याएको छ।

बैंकले नेपाल पेमेन्ट सोलुसन्ससँगको सहकार्यमा फन्ड ट्रान्सर्फर तथा वालेट लोड सुविधा सञ्चालनमा ल्याएको हो।

बैंकको मोबाइल बैंकिङ एप एडीबीएल स्मार्ट प्लस मार्फत ग्राहकहरूले रकम ट्रान्सर्फर गर्न सक्नेछन्।

जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्बन्धित बैंकको खाता नम्बर र खातावालाको नाम सहित रकम भर्नुपर्नेछ।

यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिने बैंकको विश्वास छ।

यसैगरि ग्राहकहरुले कुनै शुल्कविना विभिन्न वालेटहरूमा समेत रकम जम्मा गर्ने सुविधा एपमा छ।

फागुन २३, २०८१ शुक्रबार १२:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।