टीभीएस अपाचेको ‘एक लाख सेलिब्रेसन डे’ मनाउँदै

टीभीएस अपाचेको ‘एक लाख सेलिब्रेसन डे’ मनाउँदै

काठमाडौं : टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक शंकर ग्रुपको जगदम्बा मोटर्सले टीभीएस अपाचेको ‘एक लाख सेलिब्रेसन डे’ मनाउने भएको छ।

उक्त अवसरमा कम्पनीले एक्सचेन्ज मेनियासमेत आयोजना गर्ने जानकारी दिएको छ। फागुन २३ देखि २६ गतेसम्म आयोजना हुने एक्सचेन्ज मेनियामा ग्राहकले आफ्ना पुराना बाइक नयाँ टीभीएस अपाचेका मोडलसँग साट्न सक्नेछन्।

कार्यक्रमअन्तर्गत ग्राहकले दुई वर्ष निःशुल्क स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिसको सुविधा लिन सक्नेछन्।

यो कार्यक्रममा ग्राहकले पुरानो बाइकको मूल्यांकनमा दस हजार रुपैयाँसम्मको सुविधा प्राप्त गर्ने र ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्न सकिने अवसर रहेको कम्पनीले जानकारी दिएको छ।

फागुन २३, २०८१ शुक्रबार १२:४७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।