बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

निजगढ : बाराको कलैया उपमहानगरपालिका-१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका-५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

आज बिहान हुलाकी राजमार्गअन्तर्गत बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना६ख ५०६७ नम्बरको बसले ना३९प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक यादवको मृत्यु भएको हो।

घटनालगत्तै यादवलाई प्रादेशिक अस्पताल कलैया लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

फागुन २३, २०८१ शुक्रबार १२:३०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।