चन्द्रागिरीको प्लाष्टिक कारखानामा आगलागी

चन्द्रागिरीको प्लाष्टिक कारखानामा आगलागी

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ कारखानामा आगलागी भएको छ।

पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको कारखानामा आज विहान आगलागी भएको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

प्लाष्टिक कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए। आगो निभाउन सात वटा दमकल तथा १५ पानी ट्याङकर प्रयोग गरिएका थिए।

फागुन २३, २०८१ शुक्रबार ०९:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।