साँखुको आश्रयस्थलमा टिपर पस्यो, तीन जनाको मृत्यु

काठमाडौं : काठमाडौंको साँखुमा आश्रयस्थलमा टिपर पस्दा तीन जनाको मृत्यु भएको छ।
शंकरापुर नगरपालिका-६ सलम्बुटारमा द्वन्द्वपीडित तथा अपांग समाज नेपालले सञ्चालन गरेको आश्रयस्थलमा शुक्रबार बिहान सवा ३ बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र तीन युवकको मृत्यु भएको आश्रयस्थलका अध्यक्ष युवराज थापाले जानकारी दिए।
साँखु ब्रह्मखेल खण्डमा गुडिरहेको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा पसेको हो। घटनालगत्तै प्रहरीले घाइतेहरूलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्याएको थियो। चिकित्सकले साढे ४ बजे मृत घोषणा गरे।
टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ। टिपरलाई डोजरले बाहिर निकालिएको छ।
फागुन २३, २०८१ शुक्रबार ०७:५९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।