नेपाल-भारत सुरक्षाकर्मीको गुप्त गैरकानुनी सञ्जाल (भिडियो रिपोर्ट)

नेपाल-भारतबीच सुपुर्दगी सन्धि छ। यो सन्धिको आधारमा नेपालमा अपराध गरेर भारतमा लुकेका अनि भारतमा अपराध गरेर नेपालमा लुकेका अपराधीलाई कानुनी रूपमै हस्तान्तरण गर्न सकिन्छ। तर कानुनी बाटो छाडेर नेपाल अनि भारतका सुरक्षाकर्मीको गुप्त गैर कानुनी सञ्जाल चलाइरहेका छन्। 

नेपालको अपराधमा जोडिएर भारतमा लुकेर बसेका अनि भारतको अपराधमा जोडिएर नेपालमा लुकेर बसेकाहरूलाई सुरक्षाकर्मीले गोप्य रूपमा पक्राउ गरेर सीमा कटाउने गरेका छन्। यसले केवल शङ्काको आधारमा नेपाली नागरिकहरू रातारात भारत पुग्ने जोखिम बढेको छ। पुगेका पनि छन्। कानुनी बाटो हुँदाहुँदै यी दुई देशका सुरक्षाकर्मीले किन यस्तो अवैध र गैर कानुनी बाटो समात्छन्? उकेराले अनुसन्धान गरेर तयार पारेको विशेष रिपोर्ट :

फागुन २२, २०८१ बिहीबार २०:३८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।