रोकिएन नेप्सेको ओरालो यात्रा, साताको अन्तिम दिन २.७० अङ्कले घट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको ओरालो यात्रा रोकिएन। सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक साताको कारोबारको अन्तिम दिन बिहीबार पनि २.७० अङ्कले घटेर २,८१८.४३ को विन्दुमा झर्यो।
बिहीबार ३ सय १० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५ सय १४ कित्ता शेयर ९३ हजार ८ सय ९५ पटक खरिदबिक्री हुँदा १० अर्ब १० करोड बराबरको कारोबार भएको थियो।
बिहीबारको कारोबारमा बैङ्किङ ०.०३, विकास बैंक १.८६, उत्पादन तथा प्रशोधन ०.२४ र लघुवित्त ०.०५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
वित्त १.२३, होटेल तथा पर्यटन ०.५७, जलविद्युत् ०.०६, लगानी ०.१४ र जीवन बिमा ०.८० प्रतिशतले घटेको छ। त्यस्तै, म्युचुअल फन्ड ०.१८, निर्जीवन बिमा ०.०४, व्यापार ०.२४ र अन्य समूह ०.७१ प्रतिशतले घटेको छ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने नविल डिबेन्चर–२०८२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १ अर्ब १२ करोड बराबरको कारोबार भएको थियो। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको १० लाख ६० हजार कित्ता शेयर किनबेच भयो।
फागुन २२, २०८१ बिहीबार २०:२१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।