पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि पास

पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि पास

काठमाडौं : सरकारले जारी गरेको पाँच अध्यादेश राष्ट्रियसभाको बैठकबाट स्वीकृत भयो। बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट बुधवार पारित भएका पाँच अध्यादेशलाई स्वीकृत गरेको हो।

बुधवार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण, आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र सहकारी सम्बन्धी अध्यादेश पारित भएको थियो।

प्रतिपक्षी दलका विभिन्न सांसदहरूले राष्ट्रिय सभामा अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव पेस गरे पनि सो स्वीकृत भएन।

सरकारले जारी गरेको भूमि सम्बन्धी अध्यादेश भने पेश भएको छैन। प्रतिनिधि सभामा सत्ताधारी दलको बहुमत भए पनि राष्ट्रिय सभामा बहुमत जुटाउन नसक्दा भूमि सम्बन्धी अध्यादेश भने अलपत्र परेको छ। जनता समाजवादी पार्टीले भूमि सम्बन्धी अध्यादेशलाई समर्थन गर्न मानेको छैन।

फागुन २२, २०८१ बिहीबार १९:५८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।