महालेखा परीक्षक तोयम भन्छन् ‘महालेखापरीक्षक घुसमा संलग्न हुँदैन, कसैले खाए छाडिन्न’

महालेखा परीक्षक तोयम भन्छन् ‘महालेखापरीक्षक घुसमा संलग्न हुँदैन, कसैले खाए छाडिन्न’

काठमाडौँ : महालेखा परीक्षक तोयम रायाले घुस खाने कुरामा महालेखापरीक्षकको कुनै हिस्सा नभएको दाबी गरेका छन्।

‘घुस खुवाएको कुरा आएको छ। यस्तो मान्छेहरूको नाम सबैले उजागर गर्नुपर्यो। म पनि उजागर गर्छु,’ उनले भने  ‘महालेखापरीक्षक घुसमा कुनै हिस्सा हुँदैन। हुने छैन। त्यस्तो भएको कतै पाइएछ भने त्यसलाई छोडिने छैन।’

बिहीबार काठमाडौँमा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्र सुधार गर्नको लागि पहिला आफू सुध्रिनुपर्ने बताए।

‘राष्ट्रको विकल्प सुधार नै हो, अरू विकल्प छैन। हामी कहिले सुध्रिने हो भन्ने कुरा हामी सबै जमघट भएर छलफल गरेर गर्नुपर्ने हो। सुध्रिन चाही पर्छ यसको विकल्प छैन।’

फागुन २२, २०८१ बिहीबार १७:४२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।